भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस


Watch Video

.



                                       
                 भारतले बल्ल गर्‍यो संविधानको स्वागत


काठमाडौं, ९ फागुन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दशकौंको संघर्षपछि नेपालमा जारी संविधान एक महत्वपूर्ण सफलता भएको बताएका छन् । उनले नेपालको संविधानको प्रशंसा गर्दै भने, ‘पछिल्लो वर्षहरुमा नेपालले लोकतन्त्र र संघीयतामा प्रशंसनीय सफलता हात पारेको छ ।’ संविधान जारी भएपछि नेपालले भारतीय नाकाबन्दी खेप्नु परेको थियो । नेपालमा संविधान जारी भएपछि त्यसलाई स्वागत नगरी संविधान जारी भएको बारे जानकारी भएको मात्र विज्ञप्ती निकालेको थियो । सबैलाई समेट्न आग्रह गर्दै आएको भारतले अहिले पनि सबैलाई समेट्न भन्न छोडेको छैन । दिल्लीमा रहेका प्रधानमन्त्री केपीशर्मा ओलीसँगको वार्ता र दुई पक्षीय सम्झौतामा हस्ताक्षरपछि आफ्नो मनतव्यमा मोदीले भारतले लगाएको नाकाबन्दी र नेपाल भारत सम्वन्धको चिसोपनालाई कतै उल्लेख नगरी संविधानसँग जोडिएका सबै मुद्दालाई सन्तोषजनक निवारण गर्न आग्रह गरेका छन् ।
20022016054548Modi_Oli-1000x1
दुई देशबीच यसअघि नै अघि बढाउने भनिएका तर विविध कारणले ढिलाई भएका विभिन्न सातवटा सम्झौताको हस्ताक्षर पछि आयोजित संयुक्त पत्रकार समारोहमा मोदीले संविधान घोषणालाई महत्वपूर्ण सफलता समेत भनेका छन् । भारतले संविधान जारी गरेलगत्तै स्वागत गरेको थिएन तर तीन साता अघि संसोधन भए लगत्तै संसोधनको भनेे स्वागत गरेको थियो । सहमति र संवादमा नै संविधानको सफलता निर्भर रहने जानकारी उनले दिए । सोही सिद्धान्तको आधारमा राजनीतिक वार्तालापको माध्यमबाट सबै वर्गलाई साथ लिएर सरकार र ठूला दलहरु अघि बढ्नेमा समेत उनले जोड दिए । नेपालको संविधानसँग जोडिएका सबै मुद्दाको सन्तोषजकन निवारण गरेर नेपाललाई प्रगति र स्थिरताको बाटोमा लैजाने विश्वास भारतलाई रहेको बताए ।
दशकौको संघर्षपछि नेपालको संविधानको रचना र उसको घोषणा एक महत्वपूर्ण सफलता हो भन्दै मोदीले भने, ‘संविधान निर्माण समाजको सबै वर्गको योगदानको अभिनन्दन गर्न चाहन्छु ।’ मोदीले हिन्दीमा नै आफ्नो धारणा राखेका थिए । नेपालको राजनीतिक स्थायीत्व, आर्थिक उन्नती, विकास तथा सम्पन्नता नै भारतको स्थायी रुची भएको मोदीले बताए । नेपाल र भारतबीच थप दुईवटा ट्रान्जिट प्वाइन्ट खोल्ने विषयमा भएको सहमतिले दुवै देशको विकास प्रक्रियालाई सहयोग पुग्ने उनले उल्लेख गरे । मोदीले आफ्नो मन्तव्यमा नेपालमो जलस्रोतको उपयोग गरेर नेपालको सबै पक्षमा उज्यालो र भारतको उर्जा अभावलाई पूरा गर्न सक्नेभन्दै विकास प्रक्रियामा मिलेर काम गर्न सकिने कुरा भन्न छुटाएनन् । उनले गतवर्षको नेपाल भ्रमणमा पनि त्यस कुरामा जोड दिएका थिए ।
भुकम्प पछि भारतले नेपाललाई दिएको सहयोगको समेत उनले स्मरण गरे । नेपालमा भुकम्प लगत्तै उद्धारमा भारतीय सेना नेपाल आएका थिए । यसमा मोदीले विशेष चासो समेत देखाएका थिए । मोदीले यसलाई भारतकोको पीडाको रुपमा समेत राखे । र सहयोगको उचित प्रयोग अघि बढाउन आग्रह समेत गरेका छन् । मोदीले आतंकबाद नियन्त्रणको लागि नेपाल भारत र यसक्षेत्रका अन्य मुलुहरु समेतमिलेर काम गर्नपर्ने उल्लेख गरेका छन् । मोदीको संवोधन लगत्तै ओलीले गरेको संवोधनमा पनि उनले भारतलाई चिढ्याउने प्रकारको शब्द प्रयोग गरेनन ।ओलीले अंग्रेजी भाषा प्रयोग गरेका थिए । उनले पनि नाकाबन्दीको कुनै शब्द निकालेनन । उनले नेपाल र भारत बीच केही महिना देखि रहेको असझदारी अन्त्य भएको उल्लेख गरे । भारतले नेपालको शान्ति प्रक्रिया र प्रजातन्त्रको सुदृढिकरणको लागि लगातार गरेको सहयोगको उनले प्रशंसा समेत गरे ।
नेपालको विकासमा भारतको साथ र सहयोग रहेको भन्दै अहिले भएका सम्झौताले धेरै काम अघि बढ्ने अवस्थामा रहेको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै नेपाल संविधान जारी पछि आर्थिक विकास समृद्धितर्फ लम्केको पनि बताए । उनले भारतको द्रुत आर्थिक बृद्धिदरको पनि प्रशंसा गर्दै भारतको सहकार्यमा मिलेर अघि बढ्ने जानकारी दिए । उनले सीमाको सुरक्षाको विषयमा पनि एक अर्काको हित विपरीत प्रयोग हुन नदिने बताए ।
.

Unlock the Box Below

USA has the world’s largest international student population, with over 800,000 students choosing to broaden their education and life experience in the United States. Nearly 4% of all students enrolled in higher-level education in the USA are international students, and the numbers are growing. From the mid-1950’s, when international student enrollment was only just reaching 35,000, international education in the USA has come a long way.

We look forward to helping students who, like you, are considering continuing your education in the United States. You will find all of the tools you need to compile your necessary research in deciding if the United States is the best place for you — we have gathered valuable information on educational, social, cultural and economic aspects of studying in the U.S.

Study in the USA - College & University Search

Find, research, contact and save schools you are interested in through our USA School Search. With listings of all universities and colleges in the USA that accept and enroll international students, once you create a free account it can be your central place to find the right school for you! With searchable data on over 3,000 schools, you can match to schools based on program of study and degree, state or other geographical location, tuition range, public vs. private and many other data points. We know that choosing the right school and program can be an extensive and exhausting process, and we have built this resource specifically so that you, an international student, can find the right program.

Post a Comment

 
Top