भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
![]() |
.
दाङ, २६ फागुन - प्यारालाइसिस बिरामीलाई निको पार्ने भन्दै धामीले तातो पानी शरीरमा खन्याएपछि दाङमा एक महिला गम्भीर घाइते भएकी छन्।
हाँसीपुर १ रुपाकोटकी बिकलाई प्यारालाइसिस रोग निको पारिदिने बहानामा उम्लिएको पानी शरीरमा खन्याएपछि उनको शरीरको अधिकांश भाग घाउ भएको छ।
दाङको पुरानो सिमाना कोइलाबासमा आफूलाई धामी बताउने कमल क्षेत्रीले प्यारालाईसीस निको पार्ने फागुन १६ गते ६० वर्षीया बिकको शरीरमा तातोपानी खन्याइदिएका थिए। तातो पानी खन्याएको १० दिनपछि मंगलबार मात्रै बिकलाई गम्भीर अवस्थामा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका लागि ल्याइएको हो। बिकका आफन्तका अनुसार प्यारालाइसिसका कारण विगत २० वर्षदेखि शरीरको दाहिने भाग नचल्ने बिकलाई निको पार्ने बहानामा आफूलाई धामी बताउने क्षेत्रीले तातोपानी शरीरमा खन्याइदिएका थिए।
त्यसपछि पनि सञ्चो हुने भन्दै कोइलावास स्थित आफ्नो निवासवाट उपचारका लागि अस्पताल लैजान दिएका थिएनन्। तर सञ्चो नभएपछि विकका परिवारका सदस्यले धामीको स्वीकृति विना उनलाई उपचारका लागि अस्पताल ल्याएको उनकी छोरी दमन्ता बिकले बताइन्।
तातोपानीले ६० वर्षिया थुमसराको शरीरको करिब ६० प्रतिशत भाग जलेको अस्पताल स्रोतले जनाएको छ। शरीरमा तातोपानी खन्याउने कमल क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि बिकलाई पाल्पाको मिसन अस्पतालमा पुर्याइएको छ। ऋण काढेर उपचारका लागि पाल्पा पुर्याइएको भएपनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छोरी दमन्ता बिकले फोनमा जानकारी दिइन्। उनले सहयोग गरी आफ्नी आमाको ज्यान बचाईदिन आग्रह गरेकी छिन्।
Women injured seriously when Dhami poured hot water Women injured seriously when Dhami poured hot water
Unlock the Box Below
![]() |
We look forward to helping students who, like you, are considering continuing your education in the United States. You will find all of the tools you need to compile your necessary research in deciding if the United States is the best place for you — we have gathered valuable information on educational, social, cultural and economic aspects of studying in the U.S.
Study in the USA - College & University Search
Find, research, contact and save schools you are interested in through our USA School Search. With listings of all universities and colleges in the USA that accept and enroll international students, once you create a free account it can be your central place to find the right school for you! With searchable data on over 3,000 schools, you can match to schools based on program of study and degree, state or other geographical location, tuition range, public vs. private and many other data points. We know that choosing the right school and program can be an extensive and exhausting process, and we have built this resource specifically so that you, an international student, can find the right program.

Post a Comment